Menu Close

bhaktaraj-acharya-nepalyrics

हजार सपना

हजार सपनाहरुको, मायाँ लागेर आउँछ
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ

हजार सपनाहरुको, मायाँ लागेर आउँछ

मैले बाँचेको परिवेश, सानो त्यति थिएन
परदेशी जस्तो कोही, एक्लो पनि थिएन

मैले बाँचेको परिवेश, सानो त्यति थिएन
परदेशी जस्तो कोही, एक्लो पनि थिएन

अल्झे कहिँ त के भो, बाटो भुलेको छैन
अल्झे कहिँ त के भो, बाटो भुलेको छैन

भाँची सकेको विश्वास, फेरी भएर आउँछ
हजार सपनाहरुको, मायाँ लागेर आउँछ

मेरा ति स्वरहरुलाई, थुन्नु त्यति भएन
सबले भुलेको जस्तो, भुल्नु पनि भएन

मेरा ति स्वरहरुलाई, थुन्नु त्यति भएन
सबले भुलेको जस्तो, भुल्नु पनि भएन

खुशी नै हो कि क्या हो, मनमा भएर आउँछ
खुशी नै हो कि के हो, मनमा भएर आउँछ

छिनमा लहर अनेकौ, मनमा उठेर आउँछ

हजार सपनाहरुको, मायाँ लागेर आउँछ
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ

हजार सपनाहरुको, मायाँ लागेर आउँछ

स्वर: भजन सिरोमणी, भक्तराज आचार्य

bipul-chhetri-maya-nepalyrics

कहिले काहीँ

कहिले काहीँ, कता कता बाटो हुन्छ
तरै पनि एक्लै एक्लै, हिड्नै पर्छ है

हिड्नै पर्छ है

एउटै साथी पनि, यहाँ छोडेर
हिड्नै पर्छ, छोडेर

ह्म ह्म ह्म ह्म , हा हा
ह्म ह्म ह्म ह्म , हा हा हा

नाचाम्ला भन्थे, सधैं तिम्रै दिलमा
नाचाम्ला भन्थे, सधैं तिम्रै दिलमा

जीवनको बाटोले, ल्यायो नि लौ यहाँ
यसरी नै सबै, बिर्सेर

हो हो हो, हो हो हो

कहिले काहीँ, कता कता बाटो हुन्छ
तरै पनि एक्लै एक्लै, हिड्नै पर्छ है
हिड्नै पर्छ है

एउटै साथी पनि, यहाँ छोडेर
हिड्नै पर्छ, छोडेर

ह्म ह्म ह्म ह्म , हा हा
ह्म ह्म ह्म ह्म , हा हा हा

बसुँला भन्थे, सधैं तिम्रै छेउमा
बसुँला भन्थे, सधैं तिम्रै छेउमा

संसारको रितले, पार्यों नि लौ तुरमा
यसैले हिडें, छोडेर

हो हो हो, हो हो हो

कहिले काहीँ, कता कता बाटो हुन्छ
तरै पनि एक्लै एक्लै, हिड्नै पर्छ है
हिड्नै पर्छ है

एउटै साथी पनि यहाँ छोडेर
हिड्नै पर्छ, छोडेर

ह्म ह्म ह्म ह्म , हा हा
ह्म ह्म ह्म ह्म , हा हा हा

हा हा, हा हा,हा हा

स्वर: बिपुल छेत्री
शब्द अनि संगीत: स्व: निरेन्द्र मोहन छेत्री
यल्बम: मायाँ

Older Posts
%d bloggers like this: