पोखिएर घाँमको झुल्का भरि संघारमा
तिम्रो जिन्दगीको ढोका
खोंलु खोंलु लाग्छ है २

सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलू बोलू लाग्छ है २

कति कति आँखाहरु बाटो छेक्न आउछन् २
परेलीमा वास माग्न कति आँखा धाउछन्
यति धेरै मानिसका यति धेरै आँखाहरु
मलाई भने तिम्रै आँखा
रोजू रोजू लाग्छ है २

उडू उडू लाग्छ किन प्वाँख कहिले पलायो २
मनको शान्ती तलाउको पानी कसले चलायो

आफैलाई थाहा छैन कसलाई थाहा होला
तेसैले त तिमी सित
सोधू सोधू लाग्छ है २

पोखिएर घाँमको झुल्का भरि संघारमा
तिम्रो जिन्दगीको ढोका
खोंलु खोंलु लाग्छ है २

स्वोर: नारायण गोपाल
शब्द रचना: हरिभक्त कटुवाल
संगीत: दिब्य खालिंग