[ बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेऊ ] २

[ बिदाको दिन परेली भिजाई
झुठो कसम नरोइदेऊ ] २

[ भुलिदेउ अब म तिम्रो याद होइन
तोडिएको हृदय जोडी जाने होइन ] २

तिमीलाई आफ्नो सम्झी बोलाउने
सायद मेरो अधिकार नै छैन

बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेऊ

[ म तिम्रो बिछोडमा मरिजाने होइन
तिम्रो खुशीमा जली जाने होइन ] २

नयन का सारा आँसुलाई
तिमी आँसु न सम्झी बाची देऊ

बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरी नदेऊ

बिदाको दिन परेली भिजाई
झुठो कसम नरोइदेऊ ३