[यती चोखो यती मीठो, दिउँला तिमीलाई माया
बिर्सने छन् साराले पुराना प्रेमका कथा] २

यती चोखो

ला  ला ला ,

[मेरा सारा जीवन सबै तिमीलाई
मिठा मिठा क्षणहरु सबै तिमीलाई] २

मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई

यती चोखो

[आँखाभित्र बस्नु तिमी छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाउनु] २

सधै सधै तिमी मेरी माया बनी आऊँनु आऊँनु

[यती चोखो यती मीठो, दिउँला तिमीलाई माया
बिर्सने छन् साराले पुराना प्रेमका कथा] २

यती चोखो