ईश्वर तैले रचेर फेरी कसरी बिगारिस
सृष्टिको फूल रचेर तेस्तो कसरी लतारिस
त्यो फूल हरे मलाई दिई कसरी पचारिस

हे दिदि मैले ति मुना देख्दा मुनाको मुहार
ति मुना पनि मर्द छिन्भन्ने थिएँन बिचार
मुना छातीको जुहार
पृथ्वी तिर नहेर मुना म पनि आउछु
आँखामा आशु लिएर चिनो म भेट्न आउछु
प्रेमको हिरा छुटेको तल म लिई आउछु

[कसरी खायो आगोले दिदि कमलको शरिर
कसरी खायो निठुरी भई कमलको शरिर] २

म कहाँ पाऊ ति मुनालाई छातीमा लगाऊ
खरानी तिनको मलाई देऊन छातीमा लगाऊ

हे मेरी आमा हे मेरी मुना म यहा बस्दिन
म यहा अब बस्दिन आमा म यहा बस्दिन
म यहा अब बस्दिन मुना म यहा बस्दिन

हे मेरा भाई ति तिम्री मुना मरेकी छैनन् ति
ज्योतिको सुरो लिएर गईन बगैचा बसन्ती
स्वर्गका चरा गाऊछन् उनको मधुर जएंती

पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदि मलाई
म रुने छैन गएर भोलि भेटुला तिनीलाई
हे दैब पर्दा चाडै नै उठा धन्ने छ तलाई
हे दैब पर्दा चाडै नै उठा धन्ने छ तलाई

शब्द: महाकवि लक्ष्मीप्रसाद देवकोटा
स्वोर: नारायण गोपाल