एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा २
एउटा साथीको साथले कति, फरक पर्दछ जिउनुमा

एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा

शिशिर यामको, जाडोमा पनि २
फुल्दछ फुल, मुस्कानको

अध्यारो औशीको रातमा पनि, बल्दछ दियो विश्वासको

नयन भरिको आँसुमा पनि २
बसेको हुन्छ तस्बिर त्यो

हृदयभरीको चोटमा पनि, लुकेको हुन्छ मायालु त्यो

एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा

बिछोड हुँदाको, दुखमा पनि २
भरोसा हुन्छ, मिलनको

झगडा हुदाको बेलामा पनि, पत्यार हुन्छ सहाराको

मायालु बिनाको, हुँदो हो कति २
उराठ लाग्दो, संसार यो

पिरती बिनाको, हुँदो हो कति
निराश एक्लो सम्झना यो

एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा