केहि मिठो बात गर, रात तेसै ढल्किदै छ २
भरे फेरी एकान्तमा, रुनु त छँदै छ

केहि मिठो बात गर, रात तेसै ढल्किदै छ

रमाईलो कुरा गर, सपनाको कुरा गर २
सँगसँगै बिताएको,
सम्झनाको कुरा गर २

दुख छोड दुखलाई त, जिन्दगानी छँदै छ
भरे फेरी एकान्तमा, रुनु त छँदै छ

केहि मिठो बात गर, रात तेसै ढल्किदै छ

रा पा पा, रा पा पा, पा रा रा, रा रा २
ल ला ला, ला ला, ला ला ला

आऊ नाचौ अँध्यारोमा, जुनकिरी नाचे जस्तै २
बतासमा उडौ आज,
सिमलको भुवा जस्तै २

दुई कदम साथै हिडौ, छुट्टिनु त छँदै छ
भरे फेरी एकान्तमा, रुनु त छँदै छ

स्वोर: नारायण गोपाल