तिमीले पनि म जस्तै, माया दिएर हेर,
मायालुको सम्झनामा, आफुलाई बिर्सि हेर २

तिमीले पनि म जस्तै, माया दिएर हेर

सुनसान रात संगै, एकान्त भएर हेर २

सागरको लहर जस्तै, अशान्त भएर हेर
आँसुका थोपा जस्तै, भुइँमा खसेर हेर

मायालुको सम्झनामा, आफुलाई बिर्सि हेर २

तिमीले पनि म जस्तै, माया दिएर हेर

पुजाको फुल जस्तै, दिन दिन मरेर हेर २

ढुंगाको मुर्ति जस्तै, दोबाटोमा बाँची हेर
छातीमा एउटा घाइते, मुटु बोकेर हेर

मायालुको सम्झनामा, आफुलाई बिर्सि हेर २

तिमीले पनि म जस्तै, माया दिएर हेर