फूलको थुँगा बहेर गयो, गंगाको पानीमा
कहिले भेट होला हे राजै, यो जिन्दगानीमा

झरीको पछि झुल्केको घाममा, निर सर्यो पहाडको
झरीको पछि झुल्केको घाममा, निर सर्यो पहाडको

भर्खरै प्रिती बसेको बेला, पिर पर्यो बिछोडको

कहिले भेट होला हे राजै, यो जिन्दगानीमा

नहाँसु भने सखीलाई पिर, मै हाँसु कसरी
नहाँसु भने सखीलाई पिर, मै हाँसु कसरी

रोऊला राती भनेर आँशु, मै साँचु कसरी

कहिले भेट होला हे राजै, यो जिन्दगानीमा

रातमा मलाई हेर्दछ टोलाई, पूर्वको ताराले
रातमा मलाई हेर्दछ टोलाई, पूर्वको ताराले

त्यो कान्तिपुरमा, सपनाको सुरमा, सम्झ्यो कि प्याराले

कहिले भेट होला हे राजै यो जिन्दगानीमा,
यो जिन्दगानीमा

स्वोर: तारा देवी
शब्द: माधव प्रसाद घिमिरे
संगीत: नाति काजी श्रेष्ठ

भिडियो: कृपा Unplugged
स्वोर: मिलन अमात्य (Cover Song)

भिडियो: पलेटी-नेपालय
स्वोर: मीना निरौला