तिमी जुन रहरले, ममा फूल्न आयौ
सबै सुख हराए, सधै चोट पायौ

म डुब्दो किनारा, कहाँ हास्न सक्नु
बेर्थै, तिमीले मेरो, हात समायौ

बैसालु, ति तिम्रा, रहरहरुमा
न मैले, कहिले, हरियाली कोरे
रक्तामे, ति तिम्रा, अधरहरुमा
न मैले, कहिले, खुसियाली पोते

न सायद रिसायौ, तिमी भित्र भित्रै
न भित्रि ति तिम्रा, खुल्दुली सोधे

रुझे हुन् ति तिम्रा, पालक र आँखा
म संग कहिले, ईशारा नभुल्दै
रुखे हुन् ति तिम्रा, यौवन र भाका
म संग कहिले, निश्वास नखुल्दै

र सायद सराप्यौ, सधै बैसलाई
जो सुन्यता संगै, बिलाए म जस्तै

तिमी जुन रहरले, ममा फूल्न आयौ
सबै सुख हराए, सधै चोट पायौ