गल्ती हजार हुन्छन्, यहाँ होस् हराएको बेला
एक्लै तिमी नआऊ म मातिएको बेला, म मातिएको बेला

मेरा यी हातहरुले, कहिँ घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ

रुपको के मूल्य हुन्छ, म पशु भएको बेला
एक्लै तिमी नआऊ म मातिएको बेला, म मातिएको बेला

कहिँ धर्म गर्ने न्यहुमा, बलिदान हुन नपरोस्
सम्पूर्ण अङ्ग बाधी, अत्याचार हुन नपरोस्

मेरा कामनाहरुले, मलाई हराईदिन्छ,
तिमी भन्दा तिम्रो यौवन, कहिँ मन पराईदिन्छ

रक्षक मलाई नसम्झ, रक्षस भएको बेला
एक्लै तिमी नआऊ म मातिएको बेला, म मातिएको बेला

नारायण गोपाल