मर्न बरु गारो हुन्न, मर्न बरु गारो हुन्न,
तिम्रो माया मार्नै सकिन्न, तिम्रो माया मार्नै सकिन्न

वसन्तको हरियाली फुलसंगै ओइली जान्छ २
निलो भुइको सेतो बादल, हावा संगै उडी जान्छ

तर तिम्रो न्यानो माया, तर तिम्रो न्यानो माया,
अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिन्न, तिम्रो माया मार्नै सकिन्न

मर्न बरु गारो हुन्न, मर्न बरु गारो हुन्न,
तिम्रो माया मार्नै सकिन्न, तिम्रो माया मार्नै सकिन्न

धेरै लामो बाटो हामी, संगै संगै हिडिसक्यौ २
टाढा टाढा कता कता, हामी दुवै पुगी सक्यौ

तर अन्त्य यसको येहिँ, तर अन्त्य यसको येहिँ,
भन्नै अझै मनै भएन
तिम्रो माया मार्नै सकिन्न, तिम्रो माया मार्नै सकिन्न

मर्न बरु गारो हुन्न, मर्न बरु गारो हुन्न,
तिम्रो माया मार्नै सकिन्न, तिम्रो माया मार्नै सकिन्न

फत्तेमान राजभण्डारी
संगीत: नातिकाजी श्रेष्ठ
शब्द: तिर्थराज तुलाधर