तिमीलाई हाँसेर, बिदा मात्रै, दिई सकेथे
आँसु झरी सकेछन्,
म तिमीलाई पुष्ण थाले, म तिमीलाई पुष्ण थाले

तिमी मलाई, छोडी गैसकेको मात्र, के थियौ
तिमी फर्कने दिन,
म हतारिदै गन्न लागे, म हतारिदै गन्न लागे

यो दुई दिनको, बिछोड पनि, कति नमिठो
के बिर्सिए जस्तो, हराए जस्तो, नपुगे जस्तो

यो दुई दिनको, बिछोड पनि, कति नमिठो
के बिर्सिए जस्तो, हराए जस्तो, नपुगे जस्तो

मान्छेको, हुल बीच पनि, शुन्यपन कस्तो
मान्छेको, हुल बीच पनि, शुन्यपन कस्तो

ताराहरुलाई छोड, चन्द्र लुकीदिए जस्तो

तिमीलाई हाँसेर, बिदा मात्रै, दिई सकेथे
आँसु झरी सकेछन्,
म तिमीलाई पुष्ण थाले, म तिमीलाई पुष्ण थाले

यि दिन, यि रातका, हरपल नरमाईला
लाग्छ समय नै, सुस्तिएर चलीदिए जस्तो

यि दिन, यि रातका, हरपल, नरमाईला
लाग्छ समय नै, सुस्तिएर चलीदिए जस्तो

ती मिठा गीतका धुन पनि, कति झर्को लाग्दा
ती मिठा गीतका धुन पनि, कति झर्को लाग्दा

फूल झरी, काँडा मात्र बाकी, भईदिए जस्तो

तिमीलाई हाँसेर बिदा मात्रै दिई सकेथे
आँसु झरी सकेछन्,
म तिमीलाई पुष्ण थाले, म तिमीलाई पुष्ण थाले

स्वोर: तारा देवी
सङ्गीत: नातिकाजी श्रेष्ठ
शब्द: चाँदनी शाह