मैले पुण्य मनपराएँ , या पाप मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ

जब फूल र काँडा दुईटा, संगै रमाउन सक्छ
जब दागको रङ्गमा पनि, टिका समाउन सक्छ

नसोध मैले बरदान, या श्राप मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ

तिमीसँग लिनु पनि छ, तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ

यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ

स्वोर: नारायण गोपाल
शब्द: डा. राममान तृषित (श्रेष्ठ)
संगीत: गोपाल य़ोञ्जन

Audio @Soundcloud