झम झम, झम झम पानी पर्यो असारको रात
पारीबाट बग्न लागे मकैका पात

जुनकिरिमा झल्याक झुलुक भलेसीको खर
कहाँ पो होला, कहाँ पो होला, डाँडा माथी झुल्किएको तारा

झम झम पानी पर्यो असारको रात
पारीबाट बग्न लागे मकैका पात

चैतको संसारमा कहानिर झुकु
आधा रातमा एक्लै उठी,
आज कसलाई सम्झु, म आज कसलाई सम्झु

रिमिझिमी धारा संगै, जाऊ जाऊ लाग्छ
जुनकिरीको ,जुनकिरीको प्वाँख मुनि, जाऊ जाऊ लाग्छ

झम झम पानी पर्यो असारको रात

कति मिठो आधा रातमा, घन्किएको छाँगा
अझ मिठो, मन मनै सम्झिएको प्यार, सम्झिएको प्यार

ताली पनि गाउँछ मेरो, मन पनि गाउँछ
हर्ष पनि,ह र्ष पनि आउछ हजुर पिर पनि आउछ

झम झम, झम झम पानी पर्यो असारको रात
पारीबाट बग्न लागे मकैका पात

शब्द: माधव प्रसाद घिमिरे
संगीत: मास्टर रतनदास प्रकाश
स्वोर : मास्टर रतनदास प्रकाश