मलाई माफ गरिदेउ, मेरा लोभी नजर, कहिँ कसैमा डुबेछ भने
म त खोजी रहेछु, हरेक चेहेरामा, मेरी सपनाकी ए, प्रियसी मायालु

ऊ आउछे सधै, म निदाको बेला, अनि बस्छे मेरो छातीमा

ऊ साट्छे सधै मेरा पिरहरुसित, उसका मिठा मिठा भावना

मलाई माफ गरिदेउ, मेरो प्रेमको कुरा, कहिँ कसैलाई बिजेछ भने
म त खोजी रहेछु, हरेक चेहेरामा, मेरी सपनाकी ए, प्रियसी मायालु

उसको आँखा र ओठ मेरो रोधीघर हो, उसको छाती मेरै बास हो

उसको आँसु बर्षा, उसको सुस्केरा शिशिर, उसको मुस्कान मेरो मधुमास

मलाई माफ गरिदेउ, मैले मृग तृष्णा, कहिँ कसैलाई देखेछु भने

नारायण गोपाल