डढेलो लाग्यो त्यो पारी डाँडा साँझतिर
लौ है फेरी मनमा मेरो लग्यो पिर

बतासमा फैल्यो आगो सररर
यादहरु तिम्रो आयो फर्केर आयो झलल

बुझाईदेउ न जलीरहने यो मन
पक्डीदेउ न उडिरहने यो मन

बुझाईदेउ न जलीरहने यो मन
पक्डीदेउ न उडिरहने यो मन

चारैतिर अँध्यारो नै अँध्यारो नै छ
आज सम्म सपनाहरु अँधुरो नै छ

कसरी बुझाउ यो नबुझ्ने रहरहरु
दिन र रात झैँ कहिले नमिल्ने सपनाहरु

बुझाईदेउ न जलीरहने यो मन
पक्डीदेउ न उडिरहने यो मन

बुझाईदेउ न जलीरहने यो मन
पक्डीदेउ न उडिरहने यो मन

बिपुल क्षेत्री

Audio @SoundCloud