नेपाली नेपालको, माया छ कि छैन

नेपाली नेपालको, माया छ कि छैन
नेपाली नेपालको, माया छ कि छैन

धेरै खेल्यौ नेपालको, तिमी छाती माझ
तिम्रो छातीमाथी पनि, नेपाल छ कि छैन

नेपाली नेपालको, माया छ कि छैन

हाम्रा पुर्खा सत्लज देखि टिस्टासम्म हाँक्ने

हाम्रा पुर्खा सत्लज देखि टिस्टासम्म हाँक्ने
हामी किन बाँच्नलाई, अरुको मुख ताक्ने

हाम्रा पुर्खा सत्लज देखि टिस्टासम्म हाँक्ने
हामी किन बाँच्नलाई, अरुको मुख ताक्ने

पानी बिनै बाँच्न सक्ने, हाम्रा बहिनी आमा
पानी बिनै बाँच्न सक्ने, हाम्रा बहिनी आमा

आज छोरी लाज नबेच, एक घुँट मदिरामा
नेपाली नेपालको, माया छ कि छैन

त्यही पुर्खाको दुई चार थोपा, रगत छ कि छैन
त्यही पुर्खाको दुई चार थोपा, रगत छ कि छैन

काँधमा हिमाल बोकी उठ्ने, ताकत छ कि छैन
नेपाली नेपालको, माया छ कि छैन

सारा नेपाल, नेपालीलाई छाँया दिन सक्ने

सारा नेपाल, नेपालीलाई छाँया दिन सक्ने
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन

सारा नेपाल, नेपालीलाई छाँया दिन सक्ने
पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन

देशको निम्तीमात्रै लड्ने, खुँडा र खुकुरी

देशको निम्तीमात्रै लड्ने, खुँडा र खुकुरी
खिया पर्यो, उचाल्न सक्ने हात छ कि छैन

नेपाली नेपालको माया छ कि छैन

शुक्र धर्म दशरथ चन्द्र गंगालालको जस्तो

शुक्र धर्म दशरथ चन्द्र गंगालालको जस्तो
हाँस्दै बलि चड्न सक्ने, शिर छ कि छैन

नेपाली नेपालको, माया छ कि छैन

धेरै खेल्यौ नेपालको, तिमी छाती माझ
तिम्रो छातीमाथी पनि, नेपाल छ कि छैन

नेपाली नेपालको, माया छ कि छैन
माया छ कि छैन, माया छ कि छैन

गोपाल योञ्जन