भेट भयो आज हामी, सिन्डीकेटको माझ हामी
उभे छु तिम्रो बगलमा, बिजी तिमी मोबाइलमा हेरेछु

खिलेको यो वन

नाम तिम्रो थाहा छैन, तर मलाई पर्बाह छैन
बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है

बोलु त के भनेर, डर पनि लाग्छ सोचेर
तिमी जाने सिलगुडी, म जाने सिक्किम तिर

खुशी छु है तिम्रै माझ, भुले सारा संसार आज
तिमी पनि म संग नै जान भए कति रमाइलो, हुनेथ्यो भन त

कस्तो यो मिलन हाम्रो, बीस मिनटको सम्बन्ध हाम्रो
पाएर पनि नपाए जस्तो, चिनेर पनि नाचिने जस्तो

जिन्दगी यस्तै नै हो र, आफ्नै बाटो त जानु छदै छ र
तिमी जाने सिलगुडी, म जाने सिक्किम तिर

मलाई नै हेरेको झैँ, लाग्छ घरी घरी, हेरे लाग्छ घरी घरी
फर्की हेर्छु म पनि आशा सरी, आशा सरी

मनमा सोच्दै म रमाउदछु, मनमा सोच्दै रमाउदछु
तिमीसंगै भएको कल्पना गर्छु, कल्पना गर्छु

कस्तो दर्के पानी पर्यो, भिजेर म छु र भए
तिमी संगै ओत लागी, आफ्नो गाडी पर्खिरहे
भिजे छु आज म रहरले

सबै गाडी चढ्न थाल्यो, कमाण्डरको हरण सुनि
कलेबुंग टु सिलिगुडी, हन तिमी कस्तो निस्ठुरी

चढेर गयौ कतातिर, छाडी राख्यौ मलाई येतैतिर

तिमी जाने सिलगुडी, म जाने सिक्किम तिर
तिमी जाने सिलगुडी, म जाने सिक्किम तिर

तिमी जाने सिलगुडी, म जाने सिक्किम तिर

बिपुल क्षेत्री
एल्बम: सिन्डीकेट

Audio @Soundcloud