बिर्सेर फेरी मलाई नहेर, बिर्सेर फेरी मलाई नहेर
यहा एक जीवन आँसुमा डुब्छ

निको भैसकेको, पुरानो त्यो घाउ
अनायास नै फेरी, बल्झेर दुख्छ, बल्झेर दुख्छ

बोकेर चोट अनुरागको, जादै छु बाच्न एकान्तमा आज
बोकेर चोट अनुरागको, जादै छु बाच्न एकान्तमा आज

सम्झना पनि नपठाऊ भन्छु
कतै जिन्दगी नै झस्केर उठ्छ, झस्केर उठ्छ

बिर्सेर फेरी मलाई नहेर

सायद निको नहुने मेरो घाउ, डाहा भई बाच्छ सधै म भित्र
सायद निको नहुने मेरो घाउ, डाहा भई बाच्छ सधै म भित्र

बाचेकै हेर्ने भए फेरी मलाई, हाँसो नै दिने भए फेरी मलाई
बाचेकै हेर्ने भए फेरी मलाई, हाँसो नै दिने भए फेरी मलाई

अब नजरले नखोज मलाई, तिम्रो हेराईमा बल्झेर दुख्छ
बल्झेर दुख्छ

बिर्सेर फेरी मलाई नहेर

स्वोर: नारायण गोपाल