तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो, माया त माया हो

तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो, माया त माया हो

सम्झना छेक्छ एकान्तमा,निन्द्रामा सपनामा भइ
बतास गाउँछ, मोहनी गीत, मायाको कथा भइ

बिर्सन खोज्छु बाडुली लाग्छ, मन यो चंचल भइ

भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो, माया त माया हो

वारि र पारी दुई किनार माझ यो खोला बग्दछ
तिर्मो मेरो दुई मुटु माझ यो माया अल्झेछ

खोला भएर जहाँ बगे पनि किनार झै साथ रहनेछौँ

भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो, माया त माया हो

जन्म हे जन्म, पुनर्जन्म म फेरी जन्मुला
जन्म हे जन्म, पुनर्जन्म म पनि जन्मुला

म तिम्रो लागी, म तिम्रो लागी
फेरी जनम लिउँला

भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो, माया त माया हो

तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुलिदिनेलाई, सम्झिदिनेलाई
माया त माया हो, माया त माया हो

स्वोर: नारायण गोपाल, आशा भोसले
संगीत: रन्जीत गजमेर
फिल्म: चिनो