यो कर्मभूमिको आँगनमा, कर्मको उदाहरण
प्रस्तुत गरेर देखाऊँ

यहाँको धर्ती बाँझो छैन,
यहाँको धर्ती बाँझो छैन

विकासको फूल फुलाऊँ,
विकासको फूल फुलाऊँ

यो कर्मभूमिको आँगनमा, कर्मको उदाहरण
प्रस्तुत गरेर देखाऊँ

यहाँको धर्ती बाँझो छैन,
यहाँको धर्ती बाँझो छैन

विकासको फूल फुलाऊँ,
विकासको फूल फुलाऊँ

विश्वास गर्छन यहाँका मानिसहरु,
शब्दमा होइन, कर्ममा

विश्वास गर्छन यहाँका मानिसहरु,
शब्दमा होइन, कर्ममा

विकासको लहर पुराउनु छ सहरमा होइन, गाउँमा
गाउँ गाउँमा, गाउँ गाउँमा

यो शान्ति क्षेत्रको आँगनमा, शान्तिको उदाहरण
प्रस्तुत गरेर देखाऊँ

यहाँको धर्ती बाँझो छैन,
यहाँको धर्ती बाँझो छैन

विकासको फूल फुलाऊँ,
विकासको फूल फुलाऊँ

निर्माण गर्ने अपार शक्ति छ,
हामी नेपालीका, पाखुरीमा

निर्माण गर्ने अपार शक्ति छ,
हामी नेपालीका, पाखुरीमा

देशभक्ति दौडीरहन्छ, यही रगतको थोपामा
थोपा थोपामा, थोपा थोपामा

यो पुण्यभूमिको आँगनमा, धर्मको उदाहरण
प्रस्तुत गरेर देखाऊँ

यहाँको धर्ती बाँझो छैन,
यहाँको धर्ती बाँझो छैन

विकासको फूल फुलाऊँ,
विकासको फूल फुलाऊँ

स्वोर: दीपक खरेल
शब्द: राजेन्द्र रिजाल
संगीत: सम्भुजीत बास्कोटा