ए कान्छा ठटै्मा, यो बैंस जान लाग्यो,
जाँदैन बाचा खेर, पर्ख लिन आउँला

ए कान्छा ठटै्मा, यो बैंस जान लाग्यो,
जाँदैन बाचा खेर, पर्ख लिन आउँला

ए कान्छा

मिरमिरे उषामा, औंठी साट्न आउनु
शिरमा रेशमी फेटा बाँधी आउनु

मिरमिरे उषामा, औंठी साट्न आउनु
शिरमा रेशमी फेटा बाँधी आउनु

अमुल्य हिरालाई, फूलैफूलको डोली
बाजालाई अघि लगाई, बैशाखमै आउँला

ए कान्छा

ओभानो सिउँदोमा, सिन्दुर छरि दिउँला
सुनको चुराले, नाडी सजाई दिउँला

ओभानो सिउँदोमा, सिन्दुर छरि दिउँला
सुनको चुराले, नाडी सजाई दिउँला

सितारा जडेको, घुम्टो म ओढी
सुस्तरी लाजले निहुँरी म आउँला

ए कान्छा ठटै्मा, यो बैंस जान लाग्यो,
जाँदैन बाचा खेर, पर्ख लिन आउँला

स्वोर: नारायण गोपाल, तारादेवी
शब्द: रत्न समशेर थापा
संगीत: नारायण गोपाल

Video @ Youtube