मेरो हजुर, यो माया, तिमीलाई नै हो
मेरो हजुर, यो माया, तिमीलाई नै हो

सम्हाली राख, जोगाएर राख
सम्हाली राख, जोगाएर राख

मेरो हजुर, यो माया, तिमीलाई नै हो

सुनसान रात, कँहा हो कता
तारा गन्दै, तिमीलाई खोजी बसें

सुनसान रात, कँहा हो कता
तारा गन्दै, तिमीलाई खोजी बसें

बाहिर हिमाल, हाँसी रहेथ्यो
जुन लजाउँदै थियो

त्यति नै बेला सिरानी पल्टाए थें
हजुरलाई सम्झेर, मै जसरी ब्युझियौ कि तिमी पनि,
मै जसरी ब्युझियौ कि तिमी पनि

मेरो हजुर म त पागल प्रेमी, बेहोसी हुँ
मेरो हजुर म त पागल प्रेमी, बेहोसी हुँ

सम्हाल मलाई, नत्र म बहुलाउने छु
सम्हाल मलाई, नत्र म बहुलाउने छु

स्वोर: अमृत गुरुङ्
शब्द: अमृत गुरुङ्
संगीत: अमृत गुरुङ्

नेपथ्य