जाऊ तिमी संसार हेर्न
जहाँ जहाँ छन्, सपना तिम्रा

जाऊ तिमी संसार हेर्न
जहाँ जहाँ छन्, सपना तिम्रा

त्यही त्यही पुग तिमी
उड तिमी, उड तिमी, उड तिमी, चरा भएर

रोक्दिन म तिमीलाई, माया बन्धन, कहाँ हो र
रोक्दिन म तिमीलाई, माया बन्धन, कहाँ हो र

फर्कि आऊ नआऊ खुशी, फर्कि आऊ नआऊ खुशी
पर्खनु त कहाँ हो र

उड तिमी, उड तिमी, उड तिमी, चरा भएर

आफैलाई न जिती त, संसार कहाँ जितिन्छ र
आफैलाई न जिती त, संसार कहाँ जितिन्छ र

पर्खिनेको आँखा नदी, पर्खिनेको आँखा नदी,
आँसु कहाँ, रितिन्छ र

उड तिमी, उड तिमी, उड तिमी, चरा भएर

स्वोर: सिम्मा राई
शब्द: श्रवण मुकारुंग
संगीत: न्हयु बज्राचार्य

Audio @SoundCloud