बिहानी सबेरै जुरुक्क उठेर, दुगुर्छौ खै के लक्ष समात्न
रहरको कथा हो थोत्रो रित्तो, एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा, टोलाउँदै बित्यो, जिन्दगानी

त तिम्रै अगाडी ओईलिदैछ, के गर्यौ आँखिर खुशीको लागि ?

सपनाको घर तिम्रो, एकादेशमा ठडाएथ्यौ
पुर्दैछौ आज आफ्नै सपनालाई, निर्दोष तिमी अथाहै नसोची

जाऊ हराउ, खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ
हेर न आफूलाई तिमी, कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको

खोजी हिंड्यौ माया सारा खोक्रो पसलहरुमा तर कहेल्यै
बुज्न सकेनौ अंखिरमा भावना बद्लन्छन् मौसमै सरि

चहार्छौ गल्ली सम्झनामा चियाँउछौ बादललाई एकोहोरो
किन बुझेनौ आजसम्म समय त्यो गयो अगाडी बढ न

सपनाको घर तिम्रो, एकादेशमा ठडाएथ्यौ
पुर्दैछौ आज आफ्नै सपनालाई, निर्दोष तिमी अथाहै नसोची

जाऊ हराउ, खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ
हेर न आफूलाई तिमी, कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको

बिहानी सबेरै जुरुक्क उठेर, दुगुर्छौ खै के लक्ष समात्न
रहरको कथा हो थोत्रो रित्तो, एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा, टोलाउँदै बित्यो, जिन्दगानी

त तिम्रै अगाडी ओईलिदैछ, के गर्यौ आँखिर खुशीको लागि ?

स्वोर, शब्द र संगीत : वर्तिका एम राई
एल्बम: बिम्ब आकाश

Lyrical Video: