रात धेरै पर्यो धेरै धेरै
मायाका कुरा नगर न ए

भोलीबारे केही थाहा नभई
जीवनभरीका दिनहरु मेरै नाम नगर न ए

सागरमा होस् कि आकाशमा जहीं कहीं
मै सँग डुल्ने, मेरा आँखा नै सबै भन्दा राम्रा भए जस्तो
बेकम्फुशे गफ, नगर न ए

नजिक नआऊ, डर लाग्दैछ, आफ्नै भावनाहरुसँग
शिथिल छ मुटु, रुखो बनाएकै छु, धेरै धेरै साल लगाई

नजुधाऊ आँखाहरु, भावना बन्न कति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर, थाहा छैन र
भवना हराउन पनि, कत्ति नि समय लाग्दैन

तिम्रो आत्मा थाम्ने कसम, कसरी दिउँ म
जब आफ्नै आत्मालाई, चिनेको छैन

आफ्नै छाँयासँग भागी, दौडदैछु म, भन
तिम्रो छायाँको जिम्मा, कसरी लिनु म

संसार छाडी हिड्ने बाँचा, नदेऊ न
शुरु शुरुमा त यस्तै त, हो नि
जिन्दगानीको रितहरुले, यसै उसै हामीलाई, अल्झाउने नै हो

काश हाम्रो भेट, केहि साल अगाडी हुन्थ्यो, या
काश हाम्रो भेट, केहि साल पछाडी हुन्थ्यो
समय सही हुन्थ्यो राजै, मौसम बेग्लै हुन्थ्यो

तर आज होइन, नजिक नआऊ न

नजिक नआऊ डर लाग्दैछ, आफ्नै भावनाहरुसँग
शिथिल छ मुटु, रुखो बनाएकै छु, धेरै धेरै साल लगाई

नजुधाऊ आँखाहरु, भावना बन्न कति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर, थाहा छैन र
भवना हराउन पनि, कत्ति नि समय लाग्दैन

स्वोर, शब्द र संगीत: वर्तिका एम राई
एल्बम: बिम्बाकाश

Audio @SoundCloud