फाट्यो नि माईतीको चिनो, फाट्यो पछ्यौरीको कुना
फाट्यो नि माईतीको चिनो, फाट्यो पछ्यौरीको कुना

सम्झेर आउँछ नि रुन, के ले म पुछु र आँशु
हो हो हो,हो, के ले म पुछु पसिना

फाट्यो नि माईतीको चिनो, फाट्यो पछ्यौरीको कुना

डाँडा पारी अर्को डाँडा, माईती छेकिएको
जुगै बित्यो, जन्म गाउँ, छैन टेकिएको

हो… डाँडा पारी अर्को डाँडा, माईती छेकिएको
जुगै बित्यो, जन्म गाउँ, छैन टेकिएको

दशैँ गयो तिहार गयो, निधार रह्यो खाली
नफुल्दैमा सुक्छ क्यारे, मन बेलीको डाली

फाट्यो नि माईतीको चिनो, फाट्यो पछ्यौरीको कुना

आउने जाने छैन काहीँ, टुहुरीको कर्म
दैवलाई तिर्दैछु म, कुन जुनीको कर्म

आउने जाने छैन काहीँ, टुहुरीको कर्म
दैवलाई तिर्दैछु म, कुन जुनीको कर्म

आफ्नै जोवन सौता सरी, खसम परदेशी
दिन पराई, रात पराई, बैरी गाउँ बेसी

फाट्यो नि माईतीको चिनो, फाट्यो पछ्यौरीको कुना
फाट्यो नि माईतीको चिनो, फाट्यो पछ्यौरीको कुना

फाट्यो नि माईतीको चिनो, फाट्यो पछ्यौरीको कुना

स्वोर: आस्था राउत
शब्द अनि संगीत: सुरेश अधिकारी

Video @ कृपा Unplugged