जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक छेक

जीवनको हरेक मोडमा, तिमीले मलाई भेट

म धेरै टाढा हुन्न, तिमीले मलाई खोज
तिमीलाई भेटे पनि, तिमीलाई म त छुन्न

तिम्रै नशालु हातले, तिमी नै मलाई छोउ
म डराए जस्तो गर्छु, तिमी आँट मलाई देऊ

जीवनको हरेक मोडमा, तिमीले मलाई भेट

जब लड्न लड्न खोज्छु, म तिम्रो सामु पुग्दा
ति कोमल पाखुरामा, तिमीले मलाई थाम

तिमीले चाहे जति माया, तिमीले मलाई देऊ
म रिसाए जस्तो गर्छु, तिमीले मलाई फकाऊ

जीवनको हरेक मोडमा, तिमीले मलाई भेट

स्वोर: नारायण गोपाल, अरुणा लामा
सङ्गीत: गोपाल योन्जन

Audio @Youtube