झुल्केको घाँम सरि छु
बर्षेको साउने झरि छु
भनिदिउँ कि जस्तो लाग्छ, हो
भनिदिउँ कि जस्तो लाग्छ
तिम्रो जिन्दगीभरी छु

पल्केको भमरा सरि छु
फूल कै वोरिपरि छु
भनिदिउँ कि झैँ लाग्छ,
भनिदिउँ कि झैँ लाग्छ
तिम्रो जिन्दगीभरी छु

घरि घरि बोलाऊ कि झैँ लाग्छ
कहिले मुटु मै बसाउँ कि झैँ लाग्छ

तिमीलाई भुलाउँ कि झैँ लाग्छ, हो
कहिले त्यो मन बुझाउ कि झैँ लाग्छ

फक्रेको फूल सरि छु
उडेको पंछी भाकी छु
भनिदिउँ कि जस्तो लाग्छ, हो
भनिदिउँ कि जस्तो लाग्छ
तिम्रो ढुकढुकी भरि छु

लट्ठिएको भमरा भाको छु
रस कै वोरिपरि छु
भनिदिउँ कि झैँ लाग्छ,
भनिदिउँ कि झैँ लाग्छ
तिम्रो स्पर्स भरि छु

जिस्किदै हँसाउन मन लाग्छ
कहिले झुक्याई रुवाउन मन लाग्छ

मनका कुरा सुनाउ कि झैँ लाग्छ
कहिले अमृत पियाउँ कि झैँ लाग्छ

सल्केको भमरा भाको छु
डाली कै वोरिपरि छु
भनिदिउँ कि झैँ लाग्छ,
भनिदिउँ कि झैँ लाग्छ
तिम्रो कल्पना भरि छु

अल्झेको लहरा सरि छु
झर झर झरना भाकी छु
भनिदिउँ कि जस्तो लाग्छ, हो
भनिदिउँ कि जस्तो लाग्छ
तिम्रो हेराइ भरि छु

स्वोर: साधना सरगम, जगजीत सिंह
शब्द: J.B. सम्योगी
संगीत: आलोक श्री

Audio @SoundCloud – Music Nepal

Video @Youtube