म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्
हर माया गर्ने जोडीले, आफ्नै गीत भनोस्

म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्
हर माया गर्ने जोडीले, आफ्नै गीत भनोस्

राम्रा राम्रा सपना होस्, त्यहाँ
मिठा मिठा बिपना होस्, त्यहाँ

दुई मुटु एक धड्कन हुन्छ जहाँ

नियालेर मेरो आँखामा हेर,
त्यहाँ पाउछौ, आफ्नै चित्र

सजाईसक्या छु मैले तिमीलाई,
मेरो यो, मुटु भित्र

नियालेर मेरो आँखामा हेर,
त्यहाँ पाउछौ, आफ्नै चित्र

सजाईसक्या छु मैले तिमीलाई,
मेरो यो, मुटु भित्र

आफ्नै भन्दा प्यारो, लाग्दो रहेछ, तिम्रो जीवन
आफ्नै वशमा कहाँ, हुदो रहेछ र यो मन

हो हो,
आफ्नै भन्दा प्यारो, लाग्दो रहेछ, तिम्रो जीवन
आफ्नै वशमा कहाँ, हुदो रहेछ र यो मन

डुल्छ तिम्रै ओरीपरी, भुल्छ तिम्रै ओरीपरी
सम्झिएर, तिमीलाई घरि घरि

नियालेर मेरो आँखामा हेर,
त्यहाँ पाउछौ, आफ्नै चित्र

सजाईसक्या छु मैले तिमीलाई,
मेरो यो, मुटु भित्र

फिल्म: प्रेम गीत
स्वोर: अञ्जु पन्त, सुगम पोखरेल
शब्द अनि संगीत: अर्जुन पोखरेल

Video @Youtube