मेरो आँखालाई राख्ने, फूलबारी छैन
तिम्रो मुहारमा राखुँ कि

मेरो आँखालाई राख्ने, फूलबारी छैन
तिम्रो मुहारमा राखुँ कि

मेरो बतासलाई बाँध्ने, सुगन्ध छैन
तिम्रो निश्वासमा राखुँ कि

मेरो आँखालाई राख्ने

पहाड भन कि मधेश फाँट, घुमेकै म पनि
पहाड भन कि मधेश फाँट, घुमेकै म पनि

बैशाख भन कि पानीको रिमझिम, रुझेकै म पनि

तेसरी पनि जीवन झुल्छ, जसरी झुल्छ वन
बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन
बाकी छ एउटै मन

मेरो यै मनलाई राख्ने घुम्तीघर छैन,
तिम्रो दोभानमा राखुँ कि

मेरो यै मनलाई राख्ने घुम्तीघर छैन,
तिम्रो दोभानमा राखुँ कि

मेरो आँखालाई राखने

उदास भन कि खुशी भन कि, भएकै म पनि
उदास भन कि खुशी भन कि, भएकै म पनि

राम्रा र नराम्रा दुवै नै थरी, भएकै म पनि

जता नै पनि जोवन फुल्छ, जसरी फूल्छ फूल
मायालु मात्र बेग्ला र बेग्लै, मायाको एउटै फूल
मायाको एउटै फूल

मेरो मायालाई राख्ने झ्यालखाना छैन
तिम्रो नजरमा राखुँ कि

मेरो मायालाई राख्ने झ्यालखाना छैन
तिम्रो नजरमा राखुँ कि

मेरो आँखालाई राख्ने, फूलबारी छैन
तिम्रो मुहारमा राखुँ कि

मेरो आँखालाई राख्ने

स्वर: नारायण गोपाल
संगीत: अम्बर गुरुङ

Video @Youtube OnlineKhabar