सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिरमिर गराउने

झिम झिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना, आँशु झल्काउने

सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिरमिर गराउने

भगाई लैजाउ भने देखि खिस्सी गर्छ हेर
भगाई लैजाउ भने देखि खिस्सी गर्छ हेर

कति कुरी बस्नु मैले नगर न बेर

झिम झिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना आँशु झल्काउने

सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिरमिर गराउने

धेरै कुर्दा केश फूल्छ, पिरै मात्र बढ्छ
धेरै कुर्दा केश फूल्छ, पिरै मात्र बढ्छ

गुराँसे यो जोवन हाम्रो, तेसै भुइँमा झर्छ

झिम झिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना, आँशु झल्काउने

सान्नानी को गालैमा, कालो कोठी रैछ
नजर नै तिरमिर गराउने

झिम झिम गर्ने परेलीमा, पानी परेछ
मोती दाना, आँशु झल्काउने

मोती दाना, आँशु झल्काउने
मोती दाना, आँशु झल्काउने

स्वर: फत्तेमान राजभण्डारी
संगीत: नातीकाजी
शब्द: सहदेव राणा

Video @Youtube, Nepalaya