नौ लाख तारा उदाए
धर्तीको आकाश साछी छ

सरदै नाघ्यो वनमा
फूलले प्रिती गाँसेछ

राजले यहाँ झीलिली
मनको तारा निभेछ

गुराँस फूल्यो पहाडमा
मनको फूल डढेछ

म सँग आज नेपाली
सन्चोले यहाँ बाँचेको

काँडा कै माँझ पहाडको
छैन र कहाँ हाँसेको

छैन र कहाँ हाँसेको

सुनको सपना आँसुमा
किन हो बाँधी ल्यायौ नि

घरको माया बिर्सेर
किन पो यहाँ आयौ नि

किन पो यहाँ आयौ नि
किन पो यहाँ आयौ नि

मुटुको रगत एउटै हो
पिरको बह बेग्लै छ

हामीलाई यहाँ चिन्यौ कि
मायाको चोट बेग्लै छ

नियाली हेर हामीलाई
भिझेको छैन परेला

आँसुले गह भिझाए
अरुले निर्ध खन्देल

बुझ्छ र कल्ले रोएको
मुटुमा काँडा लिएर

अरुका सामु हाँसेको
आँशुको घुट्का पिएर

आँशुको घुट्का पिएर

पहाडी फूल नफक्री
किन हो चुँडी ल्यायौ नि

मनको आगो निभाउन
किन पो यहाँ आयौ नि

किन पो यहाँ आयौ नि
किन पो यहाँ आयौ नि
किन पो यहाँ आयौ नि

स्वोर अनी संगीत: अम्बर गुरुङ
शब्द: अगमसिं गिरी

Video @Youtube, Lokaantar