आँखैमा रात गलि, सितमा तारा डुबे
बाटैमा आंधी चलि, आशाका मुना ओढे

आँखैमा रात गलि

धुपी पिपल अनि लहरा पात झुके
जुही सिमल पनि छहरा साथ सुके

बारी बगैंचा भरी मुजुर बैलि गए
बाटैमा आंधी चलि, आशाका मुना ओढे

आँखैमा रात गलि

बादलको वरको मनि, सपना सारा जमे
गाजलको धर्को बनि, चाहना सारा धुले

परेला तृष्णा जती घुम्तीमा अल्झिदिए
बाटैमा आंधी चलि, आशाका मुना ओढे

आँखैमा रात

शब्द: रत्न समशेर थापा
संगीत: नाति काजी श्रेष्ठ
स्वर: योगेश बैद्य