मायाको डोली चडाई, तिमीलाई लैजाउला नि
हो, मायाको डोली चडाई, तिमीलाई लैजाउला नि

मायाको डोली चडाई, तिमीलाई लैजाउला नि

बसौंला सानै घरमा, मै राजा तिमी रानी
बसौंला सानै घरमा मै राजा तिमी रानी

तिम्रो त बोली मिठो, झनै राम्रो तिम्रो बानी
तिम्रो त बोली मिठो, झनै राम्रो तिम्रो बानी

बसौंला सानै घरमा, तिमी राजा हुँ मै रानी
बसौंला सानै घरमा, तिमी राजा हुँ मै रानी

मान्द्रोको बार, खरको छानो
मान्द्रोको बार, खरको छानो

दुखको पाथी कहिले, सुखको मानो
दुखको पाथी कहिले, सुखको मानो

होला यो मन कहिले आगो,
तिमी भईदेउ है पानी

होला यो मन कहिले आगो,
तिमी भईदेउ है पानी

बसौंला सानै घरमा, मै राजा तिमी रानी
बसौंला सानै घरमा, तिमी राजा हुँ मै रानी

तिम्रो छाती, मेरो बास अंगालो भर
तिम्रो छाती, मेरो बास अंगालो भर

मेरो भन्नु मात्रै तिमी, अरु को नै छ र
मेरो भन्नु मात्रै तिमी, अरु को नै छ र

भुल गर्लौ कहिले काही, नरुवाउनु जानी जानी
भुल गर्लौ कहिले काही, नरुवाउनु जानी जानी

बसौंला सानै घरमा, तिमी राजा हुँ मै रानी
बसौंला सानै घरमा, तिमी राजा हुँ मै रानी

मायाको डोली चडाई, तिमीलाई लैजाउला नि
मायाको डोली चडाई, तिमीलाई लैजाउला नि

बसौंला सानै घरमा, मै राजा तिमी रानी
बसौंला सानै घरमा, तिमी राजा हुँ मै रानी

फिल्म: आधी बाटो
शब्द अनि संगीत: यश कुमार
स्वर: पबिता परियार, यश कुमार