घुम्तीमा नआउ है,
घुम्तीमा नआउ है

आँखा तिमी जुधाउन,
आँखा तिमी जुधाउन

बाधिए मायाँ फेरी,
गारो हुन्छ फुकाउन, फुकाउन

घुम्तीमा नआउ है

भोली जब, हुन्छौ हामी, हो.. हामी
एक अर्को संग टाढा, टाढा

फूल जस्तो माया पनि,
बिझाउने बन्छ काँडा, काँडा

सुस्केरामा रात बित्छ
सक्दैनौ निदाउन, निदाउन

घुम्तीमा नआउ है

बतासमा उडी उडी, हो.. उडी
आउछ गीत मुटु छुन, छुन

एक्लै दिन दुखी बनी,
पर्छ प्रित सम्झी रुन, रुन

बतासमा उडी उडी, हो.. उडी
आउछ गीत मुटु छुन, छुन

एक्लै दिन दुखी बनी,
पर्छ प्रित सम्झी रुन, रुन

आउदैन आँगनमा
पापी जुन चिहाउन, चिहाउन

घुम्तीमा नआउ है

आँखा तिमी जुधाउन,
आँखा तिमी जुधाउन

बाधिए मायाँ फेरी,
गारो हुन्छ फुकाउन, फुकाउन

घुम्तीमा नआउ है

स्वर: प्रेमधोज प्रधान
शब्द: रत्न समशेर थापा