ए कान्छा मलाई सुनको, तारा खसाईदेउ न
त्यो तारा मात्र होइन, जुन पनि झरी दिउँला

ए कान्छा मलाई सुनको, तारा खसाईदेउ न
त्यो तारा मात्र होइन, जुन पनि झरी दिउँला

गाई गोरु बाँधेर, छिट्टै भेट्न आऊ न
बाटैमा रात पर्ला, उज्यालोमै आऊ न

गाई गोरु बाँधेर, छिट्टै भेट्न आऊ न
बाटैमा रात पर्ला, उज्यालोमै आऊ न

अँध्यारो के हो र, मायाँ पिरती अघि
पर्खीदेऊ म आउँछु, अँध्यारोलाई तोडी

ए कान्छा मलाई सुनको, तारा खसाईदेउ न
त्यो तारा मात्र होइन, जुन पनि झरी दिउँला

लौ उडी जाऊ त्यहाँ, बादल लुछी ल्याऊ न
बादललाई गाँसेर, आँचल बनाईदेऊ न

लौ उडी जाऊ त्यहाँ, बादल लुछी ल्याऊ न
बादललाई गाँसेर, आँचल बनाईदेऊ न

लौ हुन्छ बादलको, आँचल बनाई दिउँला
छेउ छेउ ताराको, जलप लगाई दिउँला

ए कान्छा मलाई सुनको, तारा खसाईदेउ न
त्यो तारा मात्र होइन, जुन पनि झरी दिउँला

ए कान्छा मलाई सुनको, तारा खसाईदेउ न
त्यो तारा मात्र होइन, जुन पनि झरी दिउँला

स्वोर: अरुणा लामा, लाक्पा शेर्पा
शब्द: पासाङ्
संगीत: अम्बर गुरुङ