साँझको बेलामा भयो, तिम्रो मेरो भेट
अँधेरीमा मुस्कान उज्यालो

न मित्रताको हात अघि, बढाई हिँडे थियौ
खुशीका पल त्यो, पल नै बिलिन भयो

प्रयास गर्दै नगरेको होइन,
प्रेममा नि फस्दै नफसेको होइन

मायाँ साँचो हुँदा नि, टुट्दो रहेछ
दुई बाटो लाग्यो, मन यो मारेर

मायाँ त्यो प्रगाड हाम्रो, गहिरो हाम्रो प्रित
जीवन संगै बाच्ने चाहना, ठुलो

अंगालोमा बाँधी सारा, संसार आफ्नै ठाने थियौ
ति सम्झना आँशु मै, बद्ली गयो

प्रयास गर्दै नगरेको होइन,
प्रेममा नि फस्दै नफसेको होइन

मायाँ साँचो हुँदा नि, टुट्दो रहेछ
दुई बाटो लाग्यो, मन यो मारेर

त्यसो त इतिहास कै, कथा सुनी
साँचो प्रेमको हार

सायद हाम्रो मायाँ, त्यस्तै पो हो कि
छिन् छिन् मै निराशा, अनि आँशु

दुबैलाई अन्तिम साथ
सायद असल मित्र हुनु, लेखे थियो कि

प्रयास गर्दै नगरेको होइन,
प्रेममा नि फस्दै नफसेको होइन

मायाँ साँचो हुँदा नि, टुट्दो रहेछ
दुई बाटो लाग्यो, मन यो मारेर

स्वर, शब्द अनि संगीत: समृद्धि राई