बर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै
बर्षमा दिनमा लैलै, हर्षका दिन यी लैलै

दशैँ तिहार चाड र वाड, खुशीले सारा भर्यो नि संसार

हा हा हा हा हा हा
खुशीले सारा भर्यो नि संसार

अर्काको देशमा लै लै, सम्झना आको नि मैलाई
सयपत्री फूलेको आँगन, रातो अक्षता जमरा लगाई

यता मेरो आँशुको धारा, उता होलान रातै ति निधार

हा हा हा हा हा हा
उता होलान रातै ति निधार

सुपारी, माला यो दाईलाई, बाटो भरी आँखा ति फैलाई
बस्दै होली मेरी बहिनी, दाजु आउने दिनहरु गन्दै

यसपाली पक्कै आउँछु म बहिनी, सजाउनलाई आफ्नै त्यो संसार

हा हा हा हा हा हा
सजाउनलाई आफ्नै त्यो संसार

हा हा हा हा हा हा
खुशीले सारा भर्यो नि संसार

हा हा हा हा हा हा
उता होलान रातै ति निधार

स्वर अनि संगीत: सुगम पोखरेल
शब्द: रवि श्रेष्ठ
एल्बम: सिलान्यास