शिशिरमा हुरी चल्दा, आँगनीमा बसेर
मेरो याद कति आयो, होला

दशैँको वासनालाई, बतासले बगाउँदा
मलाई कति सम्झ्यौ, होला

सपनाबाट ब्युझिएर, आँखाभरी आँशु बोकी
निदरीसँग बिन्ती गर्यौ, होला

आशाको झोला बोकी, सहरभरी
जता ततै, कति दिन पर्खिबस्यौ, होला

यहाँ पनि चारैतिर, शुन्यता
आशाले निथ्रुक्कै भिजेको छ

गुम्सिएको रहरहरु साँचेर, तिमी
आझै पनि हाँस्दै छौ, अरे

निस्सासिएको सपना लुकाएर
आझै पनि तिमी, बाँच्दै छौ, अरे

रित्तिएको छ भावना, भनेर
आफूसंगै झुठो बोल्छौ, होला

चाहनाहरु बाधेर, झुठो चित्र कोरेर
मनले मनलाई फकायौ, अरे

यहाँ पनि समयको, कोलाहालमा
दुनियासँगै रित्तिंदै, छ

शिशिरमा हुरी चल्दा, आँगनीमा बसेर
मेरो याद कति आयो, होला

दशैँको वासनालाई, बतासले बगाउँदा
मलाई कति सम्झ्यौ, होला

सपनाबाट ब्युझिएर, आँखाभरी आँशु बोकी
निदरीसँग बिन्ती गर्यौ, होला

स्वोर, शब्द र संगीत: वर्तिका एम राई
एल्बम: बिम्बाकाश